किनकि अफ्रिकाको स्टड गेम ब्रीडर्स एसोसिएशनका अनुसार लिलामीका दौरान एक भैंसी रेकर्ड बनाएर ३२.५ लाख डलरमा बिक्रि भएको छ |
उक्त भैंसीका मालिक ज्याक्स मालन(Jacques Malan), जो लुमरी गेम फर्मका (Lumarie Game Farm) मालिक हुनका अनुसार चार बर्ष १० महिनाको भैंसी 'होराईजन'को सिंग ५१ इन्च लामो छ | मलानले मंगलबार बताएअनुसार आफ्नो पिताद्वारा बिकसित आनुबम्शिक ज्ञानको प्रयोगबाट यस अफ्रिकी भैंसीको विकास गर्न उनि सफल भएका थिए |
यस्तो भैंसी पहिला पहिला अफ्रिकामा पाइने गरेको भए पनि शिकारको कारणले बिस्तारै हराउदै गएका थिए | 'होराईजन' को प्रयोग प्रजननका लागि गरिने पनि उल्लेख छ |एसोसिएशनका अनुसार यो भैसी अफ्रिकामा बिकेको सबैभन्दा महँगो जंगली प्राणी हो |

0 comments:
Post a Comment