वीरगन्ज, २१ भदौ । एक दलित युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले जिल्ला वन कार्यालय पर्सासँग आबद्ध तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरुवागुठी गाविस–६ बडनियारका २८ वर्षीय लक्ष्मण श्रेष्ठ, २५ वर्षीय सन्दीप गुरुङ र २५ वर्षीय जुम्ल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरु जिल्ला वन कार्यालय पर्साद्वारा गठित वन नाका संरक्षण समितिका सदस्य हुन् ।
बढनियार कोइलाभार विन्दवासिनी साझेदारी समितिभित्र पर्ने वन नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि केही दिनअघिमात्र समिति गठन भएको थियो ।
वनमा शौच गर्न गएका बेला एक्लै भएको मौका छोपी गत शनिबार राति तीनैजनाले बिरुवागुठी गाविस–६ बडनियारकी एक युवतीलाई बलात्कार गरेको पीडित युवतीको किटान जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको पर्साका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताउनुभयो । रासस

0 comments:
Post a Comment