सुनको मुल्यमा फेरी नया रेकर्ड : ब्यापारी भन्छन सुनसान छ

By
Advertisement
युरोपमा सुनमा लगानी गर्ने हरुको वृद्धि हुनुका साथै डलरको बिनिमय दरमा परिवर्तन आएपछि धेरै ले सुनमा लगानी बढाउदै गर्दा केहि दिन देखि सुनको मुल्यमा लगातार वृद्धि भैरहेको छ | गत वर्ष देखि नै सुनको मुल्य बढ्ने क्रम जारी नै थियो |

गत वर्ष ३३ हजार हुदा देखि द्रुत गतिमा उकालो लाग्न थालेको सुनको मूल्य अझै केहि समय ओरालो लाग्ने सम्भावना देखिएको छैन | गत मंगलबार प्रति तोला ६० हजार रहेको सुन बुधबार बढेर प्रति तोला ६० हजार १ सय ९८ पुगेको थियो |

बुधबार भन्दा आज बिहीबार सुनको मूल्य अझै बढेको छ |नेपालमा आज प्रतितोला ६० हजार ५ सय ३६ रुपैया पुगेको छ |

यसरि सुनको मूल्य बढ्दै गएपछि सर्बसाधारण मात्र होइन ब्यापारी पनि चिन्तित भएका छन् | अत्यधिक मूल्य बढेपछि सुन किन्न आउनेको संख्या घट्दै गएको छ | ब्यापारीहरु पशल खोलेर बस्नु मात्रै हो, व्यापार छैन भन्दै गुनासो गर्दछन | "कहिले कहिँ त दिनमा १ वटा पनि कारोबार हुदैन" एक सुन ब्यापारीले भने |

ब्यापारीक अनुसार सुन किन्ने मान्छे मात्र नभई बेच्ने हरु पनि भाउ बढ्ने आशले बेच्न आउन छाडेका छन् | आज भन्दा भोलि बढी पाइन्छ अनि भोलि भन्दा पर्सि जान बढी, त्यसैले पैसाको आपत पर्दा पनि मानिहरु हतपति सुन बेच्न चाहदैनन् |

0 comments:

Post a Comment