कसरि स्वस्थ रहन सकिन्छ ?? केहि जानकारीहरु ...

By
Advertisement

The World Health Organization (WHO) defined health in its broader sense in 1946 as "a state of complete physical, mental, and social well-being and not merely the absence of disease or infirmity."


हाम्रो दिनचर्या कस्तो छ ? बिहान ढिला उठ्छौं, खान को कुनै समय हुन्न, कुनै दिन बिहान ९ बजे खाना खान्छौं भने कुनै दिन १२ बजे | मिठो भेट्यौ भने टन्न पनि ( धेरै ) खान्छौं नत्र भोक्कै पनि बस्छौ यहि अब्यबस्थित आहार ले हामीलाई रोगि बनाउदै छ |
मिसावट नभएको कुरा प्राय हामीले पाउन नै छाड्यौ | मह मा पानी, दुधमा कास्टिक सोडा, दाल मा रंग |

औषधि नहालेको अन्न, फलफुल तथा तरकारी पाउनु त च्याउ नखाने बाहुन भेट्टाउनु जस्तै भैसक्यो | ग्रामिण भेगमा आफैले उत्पादन गरेको ताजा तरकारी खान पाइने भए पानी बिशेष गरि सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले खाने तरकारी मा औषधि नहालेको प्राय कमै हुन्छ होला |

हामीले खाने खानेकुरा जस्तो अब्यबस्थित छ, जस्तो नराम्रो छ त्यस्तै छ हाम्रो दिन चर्या पनि | हामी मध्ये कमै मात्र होलाऊ जो बिहान ५ बजे भन्दा अघि उठ्ने गर्छौ | राति अबेर सम्म बस्ने र बिहान ढिला उठ्ने, औसधि राखेको तरकारी, फलफुल हरु सेवन गर्ने, खानको नियमित समय नहुने गर्नाले हामी दिन प्रतिदिन अस्वस्थ हुदै गइ रहेका छौ |हो हामी यस्तै कारणले गर्दा निरोगी बन्न सकेका छैनौ |

यस्तो अबस्थामा पनि कसरि स्वस्थ रहने त ??
  • बिहान उज्यालो हुनु भन्दा अघि नै उठ्ने गर्नु पर्दछ | अर्थात् ४-६ बजे भित्रमा उठी सक्नु पर्छ याद गर्नुहोस: तपाई उठ्दा सुर्यको किरण देखा परेको नहोस |
  • राती सुत्नु भन्दा अघि तामाको भाडामा अलिकति पनि राख्नु होस् र बिहान उठ्ने बित्तिकै नित्यकर्म गर्नु भन्दा अघि त्यो पानी पिउने गर्नुहोस |
  • जहिले पनि जति भोक लागेको छ त्यो भन्दा अलि कम अर्थात् ठिक्क मात्रामा मात्र खान खाने गर्नुहोस | अत्याधिक भोजन र अति कम भोजनले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्दछ |
  • खानामा रेसादार तरकारी (जस्तै:रायोको साग) तथा दाल को प्रयोग गर्नुहोस | दाल खानाले शरीर भित्र भएको सानातिना घाउहरुलाई निको पर्न सहयोग पुग्छ |
  • अत्याधिक चिल्लो भएको तथा मसला धेरै भएको खान नखानु राम्रो हुन्छ | त्यसैले खानमा मसला र चिल्लो को प्रयोग ठिक्क मात्रामा गर्नुहोस |
  • तरकारी पकाउदा खुर्सानी को प्रयोग गर्दा होस् या खान खाँदा पाकेको रातो खुर्सानीको प्रयोग कम गर्नुहोस | खुर्सानी खान मन छ भने कालो खुर्सानी को प्रयोग गर्नु राम्रो हुन्छ |
  • सहरी क्षेत्रमा शुद्ध पानी पाउन गाह्रो छ त्यसैले पानी लाइ फिल्टर गरेर, उमालेर मात्र खाने बानि गरौ |
  • सकेसम्म शुद्ध गाइको दुध बिहान र बेलुका सेवन गर्ने गरौ |
  • जानेर वा नजानिकन हामीले समय समय मा गल्तिहरु गर्ने गर्दछौ ति गल्तिहरु लाइ साना नसम्झौँ र फेरी त्यस्ता गल्तिहरु नदोहोर्याउ | गल्ति गर्नाले मनमा खिन्न भाव पैदा हुन्छ, र चिन्ता उत्पन्न हुन्छ, जसले गर्दा मन मा शान्ति हुन्न | मन शान्त भयो र चिन्ताहरू भएन भने ७०% भन्दा बढी रोग लाग्दैनन् |
  • आफ्नो ज्ञानेन्द्रियहरु लाइ आफ्नो वशमा राख्नु पर्दछ |
माथि उल्लेखित कुराहरु आफ्नो ब्यबहारमा उतार्न सकियो भने हामी निरोगी हुन धेरै मदत पुग्दछ | धेरै रोगहरु त हाम्रो अल्छिपनाले गर्दा नै हामीले नै निम्त्याएका हुन्छौ | अत: बिहान सबेरै उठ्ने र ब्यबस्थित तरिकाले खान खाने, मनमा चिन्ताहरू लाइ बास नदिने हो भने हामी अबस्य पनि रोगहरु बाट टाढा बस्न सक्छौ |
Health is the level of functional or metabolic efficiency of a living being. In humans, it is the general condition of a person's mind, body and spirit, usually meaning to be free from illness, injury or pain (as in “good health” or “healthy”).

0 comments:

Post a Comment