काठमाडौँ उपत्यकामा रहेको चक्रपथ र त्यस वरपरका क्षेत्रमा अनाधिककृत रुपमा बस पार्किङ गर्न दिएर एकै रातमा लाख भन्दा बढी रकम उठाउने गरेका खुलाशा भएको छ | महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत गौशाला, कोटेश्वर, स्वयम्भु, कलंकी लगायत प्रभागका इन्चार्जहरुले जथाभाबी बस पार्किंग गर्न दिएबापत प्रति बस हजार रुपैया सम्म शुल्क लिने गरेको समाचार आजको नागरिक दैनिकले छापेको छ |
अनधिकृत रुपले नियम बिपरित यसरि बस पार्किंग गर्न दिएको ले उक्त रकम राजस्वमा दाखिला गरेको पनि देखिएको छैन | यसरि नियम बिपरित पार्किंग गर्न दिई ट्राफिक इन्चार्ज एक रातमै लखपति हुने गरेको देखिएको छ |

0 comments:
Post a Comment