
बिश्वकै सबै भन्दा होचा व्यक्ति चन्द्र बहादुर डाँगीले बिश्वकै होची महिला ज्योती अम्गेलाइ भेटेका छन् | गिनिज बुकमा भर्खरी नाम लेखाएका यी दुइ को भेट गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१३ सार्बजनिक गर्न आयोजना गरिएको कार्यक्रममा भएको हो |
गिनिज रेकर्डमा दर्ता भैसकेको डाँगीको उचाई ५४.६ सेमी र ज्योतिको उचाई ६२.८ सेमी रहेको छ | बिश्वका सबैभन्दा होचा पुरुष नेपालका ७२ बर्षीय चन्द्र बहादुर डाँगी हुन् भने बिश्वकै होची महिला भने भारतकी १८ बर्षीय ज्योती अम्गे हुन् |
गिनिज रेकर्डसले गिनिज रेकर्डको इतिहासमा नै बिश्वकै होचा पुरुष र बिश्वकै होची महिला बिच भेट भएको यो पहिलो रेकर्ड हो भनेको छ | अब डाँगीले अर्को नया रेकर्ड पनि राखेका छन् |
चन्द्रबहादुरले दौरा सुरवाल, ढाकाटोपी लगाएका थिए भने र ज्योतिले सारी र चोलो लगाएकी थिइन | गिनिजबुकमा फेरी अर्को रेकर्ड दर्ता गर्न पाएकोमा धेरै खुसि भएको बताए |
0 comments:
Post a Comment