
धमाधम चाडबाडहरु आउदै गर्दा मौका छोपेर ब्यापारीहरु धेरै पैसा कमाउने लोभमा धेरै यस्तो गर्ने गरेको पाइन्छ |
हिन्दुहरुको महान चाड बिजया दशमी ( दशैं )र शुभ दिपावली (तिहार) नजिकिदै छ यो बेला चिनीको माग धेरै नै हुन्छ यहि समय सधै झैँ यो वर्ष पनि चिनीको मूल्य आकाशिएको छ | बजारमा चिनी पाउने मुस्किल भएको छ |
यसरि चिनीको अभाब तथा बजारमा मूल्य पनि उच्च भएपछि बाणिज्य बिभागले अनुसन्धान सुरु गरेको छ |साल्ट ट्रेडिङले केहि ब्यापारी संग मिलेर पहिला ट्रेडिङको गोदाममा भएको सबै चिनी ब्यापारीलाई बेच्ने र गोदाम खाली गरेपछि चिनीको मूल्य बढाउने गरेको गुनासो बाणिज्य बिभागलाइ आएको थियो | गुनासो आएपछि बिभागले अनुसन्धान सुरु गरेको छ |
विभागका अनुसार ट्रेडिङसंग बिभागले बैशाख देखिको बिबरण माग गरेको छ | कति चिनी किनेको हो, कति चिनी बेचिएको हो, बिक्रि गरिएका डिलर अठा १०० क्वीन्टल भन्दा बढी चिन्नी किन्ने को विवरण, डिलरलाई चिनी उपलब्ध गराएको मिति र चिनीको मूल्य बढाएको मितिको बिबरण पनि बिभागले मागेको छ |
साल्ट ट्रेडिङले चिनी भन्सार सहुलियत मा ल्याउने गर्दछ | सरकार संग मिलेर मूल्य वृद्धि रोक्नु भन्दा ब्यापारी संग मिलेर भाउ बढाएको रहेछ, अनियमितता भएको रहेछ भने बाणिज्य बिभागले कारबाही गर्ने बताएको छ | तर बाणिज्य बिभाग हाल सम्म अनियमितता भए नभएको अनुसन्धानकै क्रममा रहेको बताउछ |
0 comments:
Post a Comment