नेपाल सिरियासँग २–० ले पराजित

By
Advertisement

भदौ १४ – नेहरु कप फुटबल अन्तर्गत आज भएको खेलमा नेपालले सिरियासँग पनि पराजय बेहोरेको छ ।

भारतमा जारी खेल अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलि आज प्रतिष्ठाका लागि मैदानमा उत्रिदा नेपाल २–० गोलमा सिरियासँग पराजित भएको हो ।

प्रतियोगितामा नेपालले क्यामरुनसंग ५ शुन्य तथा मालदिभ्ससंग २–१ को हार बेहोरेको थियो भने भारतसंग गोल रहित बराबरी खेलेको थियो ।

हार पछि नेपाल यो प्रतियोतिगातामा अन्तिम स्थानमा चित्त बुझाउँदै घर फर्कदै छ ।

प्रतियोगितामा फाइनलमा आयोजक भारत र क्यामरुन पुगेका छन् ।

0 comments:

Post a Comment