नेपालमै कुद्यो चालक विना रेल Train with out driver

By
Advertisement


रेल चालक र कर्मचारीको लापरवाहीका कारण नेपालको एकमात्र रेलको ईञ्जिनले आज झण्डै ठूलो दुर्घटना निम्त्याएको थियो । चालक जगदीश खत्वेले लापरवाही गर्दा रेलको ईञ्जिन विना चालक जयनगरबाट जनकपुरसम्म २७ किलोमिटर गुडेको छ ।

बलियो भाग्यका कारण भनौ यति लामो दूरी पारगर्दा पनि कुनै पनि दुर्घटना भने भएन ।

रेल चालक खत्वेले इन्जिनमा डिजल राखेर स्टार्टगरी आफू डिजेलको ड्रम स्टेशन कोठमा राख्न तल ओर्लेपछि स्टार्ट गरिछाडिएको इन्जिन तीब्र गतिमा गुडेको थियो ।


गुडेको इन्जिनलाई खजुरी रेलवे स्टेशनमा रोक्ने प्रयास गरिए पनि सफल हुन सम्भब भएन ।

तीव्र गतिमा गुडेको इञ्जिन २७ किलोमिटर टाढा जनकपुर रेलवे स्टेशनको तीन नम्बर ट्रयाकमा रोकिएको थियो । रेलवेका प्राविधिकले माटो र काठको मुढा राखेर इन्जिनलाई रोकेका थिए ।

0 comments:

Post a Comment