नेपाल टेलिकमले गत वर्ष खोलेको एक करोड जिएसएम मोबाइलको टेन्डरमा जेडटिईले फर्म बुझाउदा राखेको धरौटी रकम करिब ४२ करोड रुपैया टेलिकमले जफत गरेको छ | उक्त टेण्डरको फर्म बुझाउदा नै टेलिकमको अनुमानको साढे दुई प्रतिशत धरौटी राख्नु पर्ने सर्त टेलिकमले राखेको थियो | उक्त सर्त अनुसार जेडटिईले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा राखेको ४६ लाख अमेरिकी डलर जफत गरेको हो | १ करोड जिएसएम मोबाइलको टेन्डरमा जेडटिईले ५२ लाखको ठेक्का पाएको थियो |
टेलिकम स्रोतका अनुसार जेडटिईले ढिला गरेर टेलिकमलाई अघि बढ्न नदिने नियत राखेर ढिला गरेकोले र अन्य प्रतिस्पर्धी कम्पनीसंग सम्जौता गरि उनीहरुलाई भने धमाधम उपकरण दिन थाल्ने गरे पछि यो निर्णय लिन बाध्य भएको हो | टेलिकमले धेरै पटक ठेक्का अनुसार सम्झौता गरि कार्या गर्न ताकेता गरे पनि जेडटिईले कुनै वास्ता नगरे पछि टेलिकमले धरौटी रकम जफत गरेको हो |
अब उक्त ठेक्कामा परेको ५२ लाख मोबाइलको लागि प्रथम दाबेदार टेण्डरमा तेस्रो भएको युरोपियन कम्पनि इरिक्सन हुने भएको छ तर इरिक्सनसंग टेलिकमले सम्झौता गर्ने कुनै छाटकाट देखिदैन | टेलिकमले हुवावेले स्वीकारेको मूल्यमा सामान दिन तयार भए मात्रै नियमअनुसार इरिक्सनसंग किन्ने भनेको छ तर हुवावे जस्तो सस्तो मुल्यमा इरिक्सन दिन टायर हुने देखिदैन | टेन्डरमा हुवावेले एक करोड लाइन मोबाइल १२ करोड २२ लाख डलरमा दिन प्रस्ताव गरेको थियो भने इरिक्सनले २२ करोड ५० लाख डलर प्रस्ताव गरेको थियो । सर्सर्ती हेर्दा लगभग १० करोड रुपैयाको फरक भएकोले पक्कै पनि इरिक्सनले यो सम्झौता गर्ने देखिदैन |
टेलिकमले जेडटिईको ठूलो रकम जफत गरेपछि कम्पनीको प्रतिष्ठामा समेत ठूलो असर पर्ने भएकोले जेडटिईका अधिकारीहरुले यो बिसयमा कुनै प्रतिक्रिया दिएका छैनन् | जेडटिई नेपालका प्रमुख कार्यकारी अधिकृत सु ले (हेनरी) ले औपचारिक जानकारी नआएको नागरिक संग बताएका छन् | जेडटिईले प्रावधानहरु स्पष्ट नभएको र हुवावेको भागमा काठमाडौं लगायत सजिलो ठाउँको टेन्डर परेको र आफ्नो भागमा भने अप्ठेरो एवं दुर्गम परेकोले काम गर्न अप्ठ्यारो भएको जनाउदै आएको थियो |

0 comments:
Post a Comment