दिनमा सयौ पटक चरम सेक्स आनन्द प्राप्त भएपछि

By
Advertisement
धेरै व्यक्तिहरु कसरि सेक्समा धेरै आनन्द लिने भन्ने चाहना राख्छन, त्यसैको लागि धेरै खर्च गर्छन | बजारमा निक्कै पैसा तिरेर पाइने औसधिहरु पनि किन्ने गर्छन | मानिसहरु सेक्सबाट प्राप्त हुने आनन्द कसरि बढाउने भन्ने सोच्ने गर्दछन |

४४ बर्षीय बेलायति नर्स किम रामसेलाइ दिनमा १०० पटक भन्दा बढी चरम यौन आनन्द प्राप्त (orgasms)हुने गर्दछ | यसरि चरम यौन आनन्द प्राप्त हुदा उनि खुसि हुनु पर्ने हो तर दिनमा नै १०० पटक भन्दा बढी चरम यौन आनन्द प्राप्त भइ स्खलन भइरहन थाले पछि उनलाई यो आनन्द नै दुखको बिषय बन्न पुगेको छ |


चरम यौन आनन्द आउनु धेरै मान्छेको लागि सपना जस्तै हुन्छ तर किम लाइ भने सजिलै संग चरम आनन्द प्राप्त हुने गर्दछ | डेली मेलमा लेखिए अनुसार घरमा बसी रहदा होस् या ट्रेन बस मा यात्रा गर्दा होस् , बिना सेक्स नै उनलाई चरम यौन आनन्द आउने गर्दछ |

किम अहिले यस्तो मेडिकल कन्डिसनले ग्रस्त छिन जसमा सजिलै संग, बिना कुनै कारण चरम यौन आनन्द प्राप्त हुने गर्दछ | हार्टफोर्डशायर को हिचिनमा बसोबास गर्दै आएको मिस किम एक नर्स हुन् उनि जेनेटिक एराउसल डिसअर्डर बाट पिडित छिन | डाक्टर भन्छन " उनलाइ यो समस्या स्पाइनल सिस्टको कारणले नर्व ड्यामेज भएर भएको हो |

द सन् मा दिएको अन्तर्वार्तामा किमले भनेकी छिन" अरु महिला हरु कसरी चरम यौन आनन्द लिने भन्ने सोच्छन् तर म सोच्छु चरम आनन्द हटाउने चाही कसरि, यसलाई रोक्ने चाही कसरि ?"

किमले यो समस्याको बारेमा सन् २००८ मा आफ्नो प्रेमी संग सेक्स गर्दा थाहा पाएकी थिइन | डेली मेलका अनुसार उनि भन्छिन " त्यस बेला मलाई चार दिन सम्म यसरि दिनमा कयौ पटक बिनाकारण चरम यौन आनन्द प्राप्त हुने गर्दथ्यो, मलाई लाग्थ्यो कि म पागल हुन्छु होला | "

यो समस्याले गर्दा उनको दैनिकी निक्कै नै गाह्रो संग चलिरहेको छ | बारम्बार दिनमा नै धेरै पटक चरम यौन सन्तुष्टि प्राप्त (orgasms) हुदा हुने स्खलनको कारणले उनि थाकेको महसुस हुने गर्दछिन र उनलाई सामान्य कामहरु गर्न पनि निक्कै असजिलो भैरहेको छ |

उनि अहिले यहि रोगको उपचार गरिरहेकी छिन | अहिले उनको अवस्था अलि ठिक भए पनि पूर्ण रुपमा निको भने भएको छैन |

0 comments:

Post a Comment