बुद्धको तस्बिर जुत्तामा राखेपछि यसरि हुदै छ बिरोध ( फोटो फिचर )

By
Advertisement
अमेरिकी एक जुत्ता उत्पादक कम्पनीले शान्तिका दुत तथा भगवान मानिने गौतम बुद्धको तस्बिर जुत्तामा राखेपछि सोसल मिडिया मार्फत धेरै नै बिरोध हुदै आएको छ |

+जति बिरोध गरे पनि उनीहरुले हटाएको कुनै पनि समाचार बाहिर आएको छैन | गौतम बुद्ध संग नेपालको गौरब र प्रतिष्ठा पनि जोडिएको छ, तर नेपाल सरकारलको तर्फ बाट कुनै पनि तरिकाले बिरोध जनाएको छैन |


जुत्तामा बुद्धको तस्बिर, धर्मावलम्बी र तिब्बती आक्रोशित

आज त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय बौद्ध अध्ययन विभागले भने बिरोध गरेको छ, उक्त बिभागले संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकोन सु डिजाइनले उत्पादन गर्ने जुत्तामा भगवान् गौतम बुद्ध को तस्बिर राखेकामा दुःख व्यक्त गरेको छ ।

विभागले विश्वका कयौ देशमा भगवान मानिरहेको तथा नेपालको राष्ट्रिय विभूति गौतम बुद्धको तस्बिर जुत्तामा राखी समस्त बौद्ध धर्मालम्बी तथा नेपाल र नेपालीको पनि अपमान गरेको ठहर गरेको छ | यसरि अरुको धर्मलाइ होच्याएर समस्त धर्मालम्बीको आस्था र भावनामा चोट पुर्याउने र त्यसले धार्मिक सद्भाव खलबलिन सक्ने भन्दै त्यस्ता कार्य अविलम्ब बन्द गर्न आग्रह गरेको छ |


विभागका प्रमुख डा मिलनरत्न शाक्यले कम्पनीले व्यवसायिक प्रायोजनका लागि बुद्ध लाई मात्र नभएर कुनै पनि धर्मका संस्थापक एवम् धर्मगुरुलाई जुत्तामा प्रतिबिम्बन गरेर सम्बन्धित अनुयायीलाई ठेस पुर्याउने कार्य गर्न नमिल्ने बताएका छन् |

फेसबुक मार्फत निक्कै नै चर्को आलोचना भएको छ | विभिन्न किसिममा तस्बिर बनाई बिरोध गरिएको छ | प्राय: नेपालीहरुले यस्तो तस्बिरहरु बनाएर फेसबुक मा राख्ने गरिएको पाइएको छ | अरु देशका बौद्ध धर्मालम्बीले भने यो कदम बिरोध गरेको समाचार खासै पाइएको छैन | धेरै तस्बिरमा जुत्ता कम्पनीले गरेको गल्तिको रिस अमेरिका र बराक ओबामा माथि पोखिएको छ |




All Picture are taken from Facebook. Copyright @ Facebook.inc

0 comments:

Post a Comment