गूगलले आफ्नो सेवाहरु बढाउदै गएर जीमेल बाट इमेल सेवा दिन थालेपछि धेरै व्यक्तिहरुले जिमेल चलाउन थालेका थिए |
यसरि सुरुमा इन्टरनेट चलाउदा hotmail नै चलाएको भए पनि धेरैले यसलाई बिर्सिसकेका थिए होलान |
Hotmail मा भएको ढिला लोड हुने, थोरै स्टोरेज स्पेस, झन्जटिलो File attach सुबिधाले गर्दा धेरैले Hotmail नै बिर्सिसकेका थिए |
यो पनि हेर्नुहोसआफ्ना धेरै सेवाबाट ग्राहक हरु हट्दै गए पछि पछिल्लो समयमा माइक्रोसफ्ट आक्रामक हुदै आएको छ | इमेल सेवाबाट हटेका आफ्ना ग्राहक फेरी तान्न माइक्रोसफ्टले धेरै अघि देखि नै निक्कै प्रयाश गर्दै आइरहेको थियो |
MSN बाट नाम परिवर्तन गर्दै विभिन्न नाम लिएर आएको इमेल सर्भिस पछिल्लो समय मा live.com बाट पनि चलेको थियो |
तर जत्ति गरे पनि आफ्ना ग्राहक अरु इमेल सर्भिसले नै तानेपछि आक्रामक भइ माइक्रोसफ्टले हालै नया नाम सहित Outlook.com मा अत्यन्तै सुबिधा सम्पन्न र सुरक्षित तरिकाले नया तरिकाले इमेल सेवा दिन थालेको छ |
बजार मा आउनु भन्दा अघि देखि नै निक्कै चर्चा पाएको आउटलुकलाई माइक्रोसफ्टले अझ सशक्त ढंगले उतारेको छ ।आउटलुक भन्नाले माइक्रोसफ्टले इमेल क्लाइन्ट आउटलुक नभएर आउटलुक डटकम हो ।
आउटलुकको सुबिधाहरु यस्ता छन् कि जोकोही पनि यस्क्का सुबिधा थाह पाएमा यो चलाउन तम्सिन्छन |
क्लिन इन्टरफेस
झट्ट हेर्दा कुनै मोबाइल डिभाइस एप्लिकेसन जस्तो देखिने आउटलुकको सफा 'युजर इन्टरफेस' ले प्रयोगकर्ताहरूलाई चलाउन आकषिर्त गर्नेछ । विन्डोज फोन र विन्डोज एटको आवरणसँग मिल्दोजुल्दो आउटलुकको इन्टरफेस एकदम मोबाइल डिभाइस फ्रेन्ड्ली देखिन्छ । इमेल को पेजमा देखाइने बिज्ञापनली खासै आम्दानि नहने भएकोले आउटलुक मा माइक्रोसफ्ट ले बिज्ञापन राखेको छैन |
स्टोरेज क्यापासिटी
अरु इमेल सेवाले लिमिटेड स्टोरेज दिएका हुन्छन | तर आउट लुक ले अनलिमिटेड स्टोरज दिन्छ | जति पनि इमेल राख्न मिल्छ भने २५ एम बि सम्म को फाइल अट्याच गरेर पठाउने सुबिधा छ |
म्यासेज लेख्ने ठाउँ पनि त्यतिकै राम्रो छ | हेर्दै मा लेख्न मन लाग्ने छ |
सेक्युरिटी
आउटलुकमा सेक्युरिटी पनि उछा रहेको छ | केहि समयको लागि मात्र इमेल चेक गर्नको लागि अस्थायी पासवर्डको व्यवस्था गर्न मिल्छ | जसले गर्दा आफुले सधै चलाइरहने कम्प्युटर बाहेक अन्य कम्प्युटर बाट इमेल चेक गर्नु पर्दा ओरिजिनल पासवर्ड राख्नु पर्दैन र पब्लिक पीसीबाट हुने सम्भावित क्षति बाट बच्न मदत मिल्छ |
आफुलाई असुरक्षित जस्तो लागेको तर दिनै पर्ने अबस्थामा एउटा Outlook alias बनाई त्यो इमेल दिन सकिन्छ जुन इमेल तपैको पहिलेकै इमेलको Inbox मा आउने छ |
छिटो खुल्ले र लोड हुने गरि बनाइएको आउटलुकको इमेल देखाउने तरिका पनि गज्जबको छ |
यसको आगमन संगै भएको चर्चा लै विचार गर्दा पक्कै पनि माइक्रोसफ्टले अब आउटलुक मार्फत धेरै प्रयोग कर्ता हरु बटुल्ने नै छ |
0 comments:
Post a Comment