उनले सरकारलाई विस्थापन गर्न राष्ट्रपतिले उचित कदम चाल्नुपर्ने पनि बताए ।
सरकारविरुद्ध प्रतिपक्षी दलहरुले गरेको आन्दोलन कमजोर र फितलो भएकाले यस्तो आन्दोलनले प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकार नछोड्ने भएको भन्दै उनले यस्तो कुरा बताएका हुन् ।
बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिजुक्छेले मुलुकलाई वर्तमान संवैधानिक संकट र राजनीतिक संकटबाट बचाउन राष्ट्रपतिले उचित कदम चाल्न आवश्यक रहेको विचार व्यक्त गरेका हुन् ।
अहिलेको अवस्थामा दलहरुबीच सहमति हुने कुनै पनि संकेत नरहेको भन्दै उनले यतिबेला राष्ट्रपति शासन एक मात्र उपयुक्त विकल्प रहेको बताए ।
दलहरुबीचको सहमति र राष्ट्रपति शासनमध्येका दुई विकल्पमध्ये राष्ट्रपति शासन नै अहिलेको अवस्थामा सबैभन्दा भरपर्दो र उपयुक्त विकल्प उनको भनाई छ ।
0 comments:
Post a Comment