बर्दियामा बाढीले २०० घर डुबायो

By
Advertisement
साउन २० – बर्दियामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण २०० घर डुबानमा परेका छन् ।

बाढीका कारण कर्णाली नदी र गेरुवा नदीले घेरिएको भौराटप्पुका भिम्मापुरा गाविस, दौलतपुर गाविसको गुप्तिपुर गाउँ, राजापुर गाविसको राजापुर वस्ती, गुलरिया नगरपालिकाको गुलरिया गाउँ र मह म्मपुर गाविसको लालपुर दुधदा गाउँ डुबानमा परेका छन् ।

डुबानका कारण त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। दैवी प्रकोप उद्धार समितिको उच्च सतर्कताका कारण डुबानमा मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।


0 comments:

Post a Comment