
पश्चिमी मुलुकमा अरुको धर्मको अपमानको घटना बारम्बार घट्दै आइरहेको छ | त्यसैको निरन्तरताको स्वरूप भर्खरै मात्रै क्यलिफोर्नियाको एउटा जुत्ता उत्पादक कम्पनीले देखाएको छ |
स्रोतका अनुसार अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा जुत्ता कम्पनीले यस्तो जुत्ता बनाएको छ, जसमा भगवान बुद्धको तस्विर पनि राखिएको छ | यस घटनाबाट सम्पूर्ण बौद्ध धर्मावलम्बिका साथै तिब्बती समुदाय पनि अत्यन्तै दुखि र आक्रोशित भएको पनि समाचारमा जनाइएको छ | साथै तिब्बती र बौद्ध समुदायका मानिसहरुले जुत्ता बनाउने कम्पनि आइकन शूज लाई चिठ्ठी लेखेर आफ्नो बिरोध जनाएका छन् |
यद्यपी पश्चिमी मुलुकहरुमा भएको धार्मिक अपमानको यो नै पहिलो घटना भने होइन | यसभन्दा अघि पनि हिन्दु धर्मको लक्ष्मीको फोटोलाई त्यस्तै तरिकाले प्रयोग गरिएकोले बिरोध भएको थियो |
Yasto apaman garnee company lai banda garnai parchha
ReplyDeleteहो हो बन्द गर्नु नै पर्छ, बुद्धको तस्बिर यसरि जुत्तामा राख्न मिल्दैन
ReplyDeletepapi ko haatmaa kira paros .
ReplyDelete