डोटीमा हैजाले लियो १८ जनाको ज्यान

By
Advertisement
डोटीमा हैजाका कारण मर्नेको संख्या १८ पुगेको छ । गएराति गाजरी गाविस-२ की ९ महिनाकी बालिका बिपना कुँवर र रानागाउँ गाविसका ७० वर्षीया सलुवा भुलको हैजाको कारण मृत्यू भएपछि मर्नेको संख्या १८ पुगेको हो । यद्यपी, जिल्ला स्वास्थ्य कार्यालयले भने हालसम्म मर्नेको संख्या १२ जनाएको छ ।

काडामाण्डौ गाविसमा जेठको अन्तिमसाता एकै गाउँका ६ जनाको मृत्यू भएपनि कार्यालयले त्यसलाई गणना नगरी तथ्यांक लुकाएको स्थानीयवासीको आरोप छ । हैजाको माहामारी कम हुनुको सट्टा झन् दैनिक जसो बिरामीको संख्या बढ्दै गएपछि प्रभावित क्षेत्रका स्थानीयवासी निकै नै त्रसित बनेका छन् ।

जिल्लाको दिपायल, सिलगढी नगरपालिका, बगलेक, कलेना, सानगाउँ, काडामाण्डै, जाजरी, लगायतका गाविसमा हैजाको महामारी फैलिएको हो । अहिलेसम्म करिव ४ सय ६० जनाले स्वास्थ्य उपचार गराए पनि विरामीको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मी समेत हैरान भएका छन् । हैजाले महामारी रुप लिँदा समेत सरकार भने उदासिन बनेको छ ।


0 comments:

Post a Comment