प्रकृतिको नियम पनि अनौठो छ | यस्ता अचम्म घटनाहरु घट्ने गर्दछन, सुन्दा नै अचम्म लाग्छ तर जसरि पनि बिश्वास गर्नु पर्छ | केहि दिन अघि टाउको मा आँखा भएको र नाकको प्वाल नै नभएको बच्चा जन्मेको थियो नेपालगन्जको भेरी अस्पतालमा |
फेरी यस्तै अचम्मको बच्चा जन्मेको छ भारतको बिहारमा | विहारको सीवान जिल्लाको नारायणपुर गाउँमा जन्मेको उक्त बच्चाको मुटु शरीर बाहिर नै छ | १५ अगष्टमा जब सबै भारतीय हरु स्वतन्त्रता दिबस मनाउन व्यस्त थिए त्यहि दिन यो बच्चाले जन्म लिएको थियो |
रिना देवी र राघो भगत सन्तानको रुपमा जन्मिएको उक्त बच्चामा इक्टोपिया कोर्डिसको लक्षण देखिएको डाक्टरहरु बताउछन् | डाक्टर अनिल अनिल कुमार सिहका अनुसार अनुसन्धानका लागि गरिएका सबै टेष्टहरुको नतिजा आइसकेपछि अपरेशन गरिने छ |
त्यसको लागि ५ जनाको टिम पनि तयार रहेको छ | कुपोषण, वंशाणुगत रोग र फोलिक एसिडको कमि बाट यस्तो हुन सक्ने भएपनि यो के कारणले भएको हो भन्ने तथ्य भने पत्ता लागेको छैन |

0 comments:
Post a Comment