
यहि विवादलाई लिएर देशभर आफ्ना कार्यकर्ताहरु बिच भिडन्त हुन थालेपछि प्रचण्ड र बैद्य बिच भेट बार्ता भएको छ |
विवाद हरु सुल्झाउनको लागि एक कार्य दल गठन गर्न दुवै नेता सहमत भएका हुन् |
पार्टी बिभाजन भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यबीच भएको यो पहिलो सहमति हो |
केहि समय अघि चितवन को पार्टी कार्यालय कब्जा गर्ने बिषयमा दुइ पक्ष बिच भएको झडपमा गोलि चल्दा ए माओबादी का २ जना घाइते भएका थिए भने कुटाकुट हुदा दुवै तर्फ धेरै जना घाइते भएका थिए |
अहिले उक्त स्थानमा प्रहरीले सुरक्षा दिएको छ र दुवै तर्फको कार्यकर्तालाई भित्र पस्न दिएको छैन |
बैद्य पक्षका नेताले काठमाडौँको पेरिसडाँडामा रहेको पार्टी मुख्यालय पनि कब्जा गर्ने बताइरहेका बेला दुवै नेता बिच यस्तो सहमति भएको हो |