केहि समय अघि मैले पनि भोगेको थिए इमेल मा चिठ्ठा परेको म्यासेज आउने गर्दथ्यो यो इमेल लाइ लाखौ रुपैया चिठ्ठा परेको छ निश्चित गर्नुहोस भन्दै | मैले यस्ता इमेलको बारेमा पहिला नै पढेको थिए | त्यसैले मैले फलो गर्ने बिचारले त्यसलाई रिप्लाई पठाए | ३ दिन पछि उताबाट मेरो पुरा नाम ठेगाना सहित को बिबरण माग्यो | मैले आफ्नै सबै विवरण पठाए |
त्यसको २ दिन पछि उसले तपाइको रकम तयार भयो | अब रकम लिनको लागि तपाइले यो रकम पठाउन लाग्ने खर्च को लागि वेस्ट्रन युनियनबाट रकम पठाउनु हामी तपाईलाई रकम पठाई दिनेछौ भने |
मैले चिठ्ठा परेको भए त्यहि रकम बाट काटेर बाकि पठाउनु भने | त्यसो गर्न नमिल्ने त्यहाँ बाट रकम काट्न नमिल्ने र मैले नै पैसा पठाउनु पर्ने भने म्यासेज आयो | त्यसपछि मैले त्यो इमेल नै रिप्लाई नै गर्न छाडे |
ठिक त्यसरी नै नेपाल टेलिकम को पोस्टपेड मोबाइलमा म्यासेज आउन थालेको छ हिजो आज | प्राय इंडियाको नम्बर बाट आउने यस्ता म्यासेज हरु ठग्ने प्रयासको एक उदाहरण हो |
लाखौ रुपया चिठ्ठा परेको भन्दै टेलिकमका पोस्टपेड नम्बर मा म्यासेज आउन थाले पछि पोस्ट पेड प्रयोग कर्ताले हैरानी बेहोर्नु परेको छ |
एक मिलियन युयस डलर जितेको भन्दै लिनको लागि तपाईंको नाम, ठेगाना, मोबाइल नम्बर, जन्ममिति र इमेल आइडी पठाइदिनु भनेर म्यासेज आउने गरेको छ |
यही म्यासेजलाइ यदि तपाईले रिप्लाई गर्नु भयो भने बधाई छ भनेर आउछ | अनि बैंकको एकाउन्ट नम्बर पनि माग्छ | सर सर्ती हेर्दा यो सहि जस्तो देखिए पनि वास्तबमा यो गलत हो |
फलो गर्दै जादा दुख पाइन्छ तपाईलाई लुट्ने बहाना हो | कुनै बैंकको एकाउन्ट मा पैसा जम्मा गर अनि पठाई दिन्छु रकम भनेर म्यासेज आउन सक्छ | तर त्यो गलत हो
यसको पछि नलाग्नु होला |
यस्तै नेपाल टेलिकम को systemमा पनि गडबड भएको देखीएको छ | फोन नै नगर्दा पनि फोन गएको देखिने गरेको पाइएको छ |
एक प्रिपेड प्रयोगकर्ता ले हामी संग को कुराकानी मा आफु अचम्मित भएको बताउनु भयो | मेरो मोबाइल बाट मेरो भाइको नम्बर मा फोन गएको देखे कतै मोबाइल थिचियर जायो कि भन्ने सोचेर हेरे मोबाइल ठिकै थियो |अनि उक्त फोन रिसिभ गर्दा घ्यार घ्यार आवाज मात्र आयो |
This post is writen by Keshab Ghimire

0 comments:
Post a Comment