५० वर्ष पछि मरेको मान्छेको नाम मा आयो चिठ्ठी

By
Advertisement
यदि तपाइले कुनै चिठ्ठी लेख्नु भयो र पाउने व्यक्तिले धेरै बर्ष पछि त्यो चिठ्ठी पायो भन्ने सुन्दा पक्कै पनि अचम्म नै लाग्ला |

तर क्लेस हाकनका अनुसार स्वीडेनमा छोरीले आफ्नो बुबा लाइ लेखेको चिठ्ठी ५० बर्ष पछि पुगेको छ | सन् १९६२ मा उनको १० बर्षीय बहिनीले समर क्याम्पबाट लेखेर पठाएको पोस्टकार्ड ५० वर्ष पछि अहिले प्राप्त भएको छ |

पोस्टकार्ड पाएपछि क्लेस हाकनले आफ्नी बहिनिलाइ कहिले पठाएको भनेर सोधे पछि यो तथ्य खुलेको हो |

क्लेस हाकनकि बहिनीले आफ्नो बुबा संग त्यहाको स्थानीय भाषा सिक्नको लागि अनुमति लिन उक्त चिठ्ठी लेखेकी थिइन |

उनको बुबाको १५ बर्ष अघि मृत्यु भै सकेको छ | हुलाक बिभागका कर्मचारीहरु पनि यो घटनाबाट अचम्मित भएका छन् |

उनीहरु यस्तो किन भयो भन्ने कुराको बारेमा भन्न धेरै गाह्रो भएको बताउछन् |

हुलाक मै कुनै थैलोमा टासिएर रहेकोले यस्तो भएको हुन सक्ने बताउछन्

0 comments:

Post a Comment