कतारमा बस्ने नेपालीहरुलाई कतारको क्युटेल टेलिकमले अचम्मको धनि हुने अफर दिएको छ | क्युटेलबाट नेपाल टेलिकम ( एन्सेल होइन)को नेटवर्क मा कल गर्दा दैनिक १ लाख २० हजार सम्म उपहारको अफर क्युटेलले ल्याएको छ |
शुक्रबार देखि सुरु भएको उक्त योजनामा क्युटेलको नेटवर्क बाट नेपाल टेलिकमको नेटवर्कमा कल गर्दा प्रत्येक कल पछि एउटा भाग्यसाली नम्बर पाइने छ |
गोला प्रथाद्वारा प्रत्यक दिन एउटा नम्बर सेलेक्ट हुने छ र उक्त नम्बर प्राप्त गर्नेले १ लाख २० हजार नेपाली ( ५ हजार रियल) पाउने छ |
असर ३१ सम्म रहने यो योजना मा बम्बर उपहार पनि रहेको छ | बम्पर उपहार अन्तर्गत ५० हजार रियल ( १२ लाख नेपाली रुपैया ) बराबर को उपहार एक जनाले प्राप्त गर्ने छ |
कतारमा रहेका नेपाली लाई सस्तो मा नेपाल कल गर्ने सुबिधा दिनको लागि कम्पनीको नम्बर प्रचार गर्नको लागि यो अफर ल्याइएको कम्पनि बताउछ |