बम विशेषहरूले शनिबार सिनेमा हलमा आमहत्या गर्ने व्यक्ति जेम्स होम्सको निवासमा प्रवेश गर्न पुनः प्रयास गर्नेभएका छन् भने औरोरा नगर ‘द डार्क नाइट राइजेज’ नाम गरेको ब्याटम्यानको चलचित्र प्रदर्शन गरिएको सिनेमा हलमा १२ व्यक्तिको मृत्युप्रति रातभर त्रस्त देखिएको छ । सयौँ व्यक्तिले मर्ने व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एक अकालाई अङ्गालो मार्दै रुँदै मैनबत्ती बालेका छन् । यस आक्रमणप्रति राजनीतिक नेताहरूले चिन्ता व्यक्त गरेका छन् भने अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्छ भन्ने विषयमा विवाद पुनः निरन्तर भएको छ । बम विशेषज्ञले शुक्रबार डेनभरको बाहिरी भागमा औरोरा नगरमा रहेको होम्सको निवासमा प्रवेश गर्न प्रयास गरेका थिए । उनीहरूले उक्त घरमा प्रवेश गरेपछि उक्त आक्रमणको कारण जान्न सकिने धारणा राखेका छन् । होम्सको निवासमा धेरै तार जेलिएको, गोलीले भरिएको भाँडा, अन्य तरल पदार्थले भरिएको भाँडा देखिएको यहाँका प्रहरी प्रमुख डान ओट्सले बताउएका छन । उनले उक्त निवासमा सुरक्षित रूपमा प्रवेश गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरे । चौबीस वर्षीय उक्त आक्रमणकारीले दुई महिना अगाडि नै इन्टरनेट मार्फत छ हजार ‘राउन्ड’ गोली तथा चार बन्दुक कानुनी रूपमा खरिद गरेको जानकारी प्राप्त भएको छ ।
होम्सले मुकुन्डो लगाएर मध्यरातमा उक्त चलचित्र हलमा प्रवेश गरेको तथा गोली प्रहार गर्नुपूर्व अश्रुग्यास जस्तो बस्तु प्रयोग गरेको बताइएको छ । यस घटनामा ७१ व्यक्ति घाइते भएको र तीमध्ये १२ जनाको मृत्यु भएको जानकारी दिइएको छ । १० जनाको मृत्यु त चलचित्र हलभित्रै भएको बताइएको छ । स्थानीय बाल अस्पतालले घाइतेमा छ बालबालिका परेको उल्लेख गरेको छ । सबैभन्दा कम उमेरका बालक छ वर्षको भएको र तीन बालबालिका सैनिक परिवारका सदस्य भएको पेन्टागनले उल्लेख गरेको छ ।
उक्त चलचित्र हलमा प्रहार गरिएको गोली त्यसको पर्खाललाई छेडी अर्को हलमा रहेका व्यक्तिलाई समेत लागेको बताइएको छ । घटनाको ९० मिनेटमै त्यहाँ प्रहरी पुगेको र करिब २०० प्रहरीले उक्त हललाई घेरेको बताइएको छ । उक्त घटनामा संलग्न सबै व्यक्तिलाई चोटपटक लागेको देखिएको र गोलीको चोट नलागेकामा अन्य कारणले चोट लगेको देखिएको बताइएको छ । कोलोराडो स्वास्थ्य विद्यालयमा भर्ना भएका होम्सको द्रुतगतिमा गाडी चलाएको बाहेक अन्य कुनै फौजदारी विवरण नभएको देखिएको छ ।
होम्सको निवासमा भने अनेकौँ जटिल तथा घातक पासो राखिएको देखिएको छ । त्यहाँ विस्फोटक तथा रासायनिक हतियारको पासो थापिएको अनुमान गरिएको छ । प्रहरीले मोबाइल भ¥याङ ल्याएर झ््यालबाट पनि उक्त निवासभित्र पस्ने प्रयास गरेको देखिएको छ । न्युयोर्कमा ब्याटम्यानका सिनेमा देखाइएका हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हाल सिनेमा हलमा मुकुन्डो तथा खेलौना हतियार पनि लैजान निषेध गरिएको छ । औरोरामा यस्ता कुरा सिनेमा हलमा सामान्य मानिन्थ्यो र यसै कारण होम्सल आफ्नो हतियार लैजान पाएको अनुमान गरिएको छ ।
पेरिसमा यो सिनेमा प्रदर्शन कार्य स्थगन गरिएको छ । राष्ट्रपति ओबामा फ्लोरिडा भ्रमणबाट फर्कनुभएको छ र उहाँको प्रवक्ताले यो कार्यसँग आतङ्कवादको कुनै सम्बन्ध नरहेको बताएका छन् । ‘यस्तो हिंसा तथा यस्तो सैतानी कार्य अर्थहीन छ । हामीलाई कुनै व्यक्तिले अर्काको ज्यान किन लिन्छ भन्ने कुराका विषयमा कहिल्यै थाहा हुनसक्दैन तर हामीलाई जीवन कसरी अर्थपूर्ण हुन्छ भन्ने कुरा थाहा छ,’’ राष्ट्रपति ओबामाले फ्लोरिडामा भन्नुभयो । यस घटनापछि नै केही व्यक्ति तथा राजनीतिक नेताले यस्ता घातक हतियारमा प्रतिबन्ध लगाउने कानुन माग गरेका छन् । न्युयोर्कका मेयर माइकल ब्लुमबर्गले राष्ट्रपति बन्न चाहने दुई व्यक्तिले उनीहरूले यस विषयमा के गर्न चाहेको हो भन्ने कुरा स्पष्ट गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति ओबामाले छ दिनका लागि अमेरिकी झण्डा आधा झुकाउन आदेश दिनुभएको छ । रासस÷एएफपी
