पूर्व विशिष्ट पदाधिकारीहरुका सेवासुविधाका विरोधमा रिले अनसन

By
Advertisement

पूर्वप्रशासक तथा नेपाल नागरिक समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा समाजका उपाध्यक्ष गौरी चौधरी तथा सदस्यहरु मोहन शर्मा कट्टेल, धन खतिवडा, शर्मिला पण्डित क्षेत्री, इन्द्रकुमार श्रेष्ठ र समाजका काठमाडौं जिल्ला अध्यक्ष दीपक थापा सहभागी हुने गरि आजदेखि रिले अनशन सुरु भएको छ |

मुलुकले धान्न नसक्ने गरी सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई सेवासुविधा दिने निर्णय गरेको भन्दै आन्दोलनमा उत्रिएको नेपाल नागरिक समाजले आजदेखि राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा रिले अनशन नै सुरु गरेको हो |

सरकारले गरेको मुलुकका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतका पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन इन्धन खर्च, सेवासुविधा र आवास खर्च दिने निर्णय राज्यको ढुकुटीले धान्न नसक्ने ठहर गर्दै समाजले आन्दोलन थालेको हो।
Photo Source: citizenfm.com

0 comments:

Post a Comment