नेपालमा सेनाले होस् या प्रहरीले, जसले पनि हिरासतमा लिएपछि चरम यातना दिने गरेको प्रतिबेदन सधै सार्बजनिक हुदै आइरहेको छ |
अनौपचारिक सेवा केन्द्र इन्सेकले यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा ब्यक्त गर्दै पिडितलाई उचित क्षतिपुर्तिको माग पनि गरेको छ | पिडित कल्पना भण्डारीले नेपालमा महिलामाथिको यातना, कानुनी अस्पष्टता र महिला पीडाप्रति राज्यको उदासीनता बिषयक प्रतिबेदन सार्बजनिक गरेकि हुन |
उक्त प्रतिवेदनअनुसार सन् २०१० को पहिलो छ महिनामा यातनाका घटना पहिलेको तुलनामा ७ प्रतिशतले वृद्धि भएको थियो भने दोस्रो ६ महिनामा १३.३ प्रतिशतले बढेको देखाएको छ ।
त्यस्तै, सन् २०११ को पहिलो ६ महिनामा १४.७ र दोस्रो ६ महिनामा १६.२ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
0 comments:
Post a Comment