
मान्छेको यस्तो भइ सकेको छ कि उ जे पनि गर्न सक्छ | भनिन्छ प्रेम र युद्दमा हरेक कुरा जाहेज हुन्छ | लाग्दै छ यो कुरा एक दम ठिक हो शत प्रतिशत सहि हो |
भियतनामका एक प्रेमी जसको प्रेमलाई मृत्युले पनि छेकेन | मायामा कुनै सिमा नै हुन्न रैछ | उनि हुन् ले भान, | सन् २००३ मा उनले आफ्नो पत्नी गुमाएका थिए |
आफ्नो पत्नीको मृत्यु पछि ले भान रात भर सुत्न सकेनन, आफ्नी अति प्रिय श्रीमतीको याद ले बहुतै सतायो | उनि सुत्न सकेनन र गए श्रीमतीलाइ पुरेको ठाउमा, चिहानमा |
करिब २० महिना सम्म उनि श्रीमती गाडेको ठाउ ( चिहान) मै सुते तर जब पानी पर्न थाल्यो उनलाइ गाह्रो भयो र उनले चिहान खनेर आफ्नी प्यारीलाइ निकाल्ने र घर लगेर संगै सुत्ने योजना बनाए |
जब उनका बच्चाहरुले यो योजना सुने तब उनीहरुले यो कुरा रोक्न धेरै प्रयास गरे तर उनीहरु असफल भए र ले भान ले आफ्नो मृत श्रीमतीको सरिर घर लगे |
सन् २००४ मा उनले एउटा नक्कली अनुहार बनाएर मृतक को अनुहारमा लगाए र बाकी रहेको सरिरको अंगमा माटो लगाइ कागजले बेरेर आफ्नो बिस्तारा मा राखे र करिब ५ वर्ष सम्म उनि त्यहि मृतकलाइ अगालोमा राखेर सुतिरहे | मनिश्हरुको भनाइ छ कि ले भान अलि जिद्दी स्वभावका छन् र उनि आफुले चाहेको कार्य गरेर नै छाड्छन |
उनि जिद्दी मात्र होइन रहेछन साहसिला पनि रहेछन नत्र कोहि यस्तो मान्छे होस् जो चिहानमा सुतोस अझ चिहान खनेर मरेको मान्छेलाई घरमै ल्याएर उसलाई अगालोमा बाधेर सुतोस |



