
उक्त नक्कली भारु सांगीतिक बाद्यवादन कीबोर्ड भित्र लुकाएर ल्याएको थियो । कुरियर कम्पनि डीएचएल मार्फत पठाएको पार्सलमा उक्त रकम भेटिएको थियो । बिशेष सुराकीको आधारमा कुरिएर कम्पनीको बिरगंज शाखाबाट उक्त नक्कली नोट पक्राउ गरिएको हो ।
बिरगंज प्रहरीले नक्कली भारु संगै पार्सल लिन आएका वीरगंज १५ मूर्ली बस्ने मनोहर गिरी भन्ने रंजित झालाई पनि पक्राउ गरेको छ भने उनको बयानको आधारमा उक्त नक्कली नोट लिन पठाउने बारा प्रष्टोका ३ घर भई हाल वीरगंज १८ भिष्वा बस्ने रामेश्वर सहनी गोठीलाई पनि पक्राउ गरिएको छ ।
सहनी नक्कली नोटको कारोबारमा संलग्न रहेको भन्दै वीरगंज १६ श्रीपुर तेजारथ टोल बस्ने मिथिलेश तिवारीको पनि नाम लिएपछि प्रहरीले उनलाई पनि प्रकाउ गरेको थियो । प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी बरामद भएका नोट र कारोबारमा संलग्न तिनै जनालाई सार्बजनिक गरेको छ ।
प्रहरीले अहिले सम्म गरेको अनुसन्धानबाट उक्त नक्कली नोटहरु थाइल्याण्डबाट कुरियरमा आएको हुन सक्ने आशंका गरेको बताएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।
बरामत भएको रकममा एक हजार दरको एक हजार छ सय ९० वटा, पाँच सय दरको दुई हजार पाँच सय ५० वटा गरी कूल २९ लाख ६५ हजार रुपैयाँ बराबरको नक्कली भारु नोट रहेको प्रहरीले जानकारी दिएको छ ।