बर्षासंगै सधैको बर्ष जस्तै सेती नदीमा आउने बाढीले खेति योग्य तथा बास स्थानको जमिन कटान गर्न थाले पछि त्यस क्षेत्रका बासिन्दा आन्दोलित हुन पुगेका छन् |
सरकारले समयमा नै सेती नदि नियन्त्रणको लागि कुनै कदम नचलेकोले पोखरा-बागलुङ राजमार्ग तथा वरपरका घर समेत बगाउने अवस्था आएको भन्दै त्यस क्षेत्रका बासिन्दाले नदि नियन्त्रणको माग गरेर आज बिहान ८ बजे देखी पोखरा बागलुङ राजमार्ग बन्दको आह्वान गरेका छन् |
गत असार ४ गते आएको बढीले हेम्जा १ याम्दीको बुभाग कटान गर्दा ९ घर पूर्ण रुपले बिस्थापित भएका थिए | नियन्त्रणको लागि उचित कदम नचाल्दा राजमार्ग वरिपरिको अन्य घरहरुमा समेत क्षति पुर्याउन थालेको छ |
हिजो बेलुका मात्रै नदीले जमिन कटान गरि राजमार्गको १० मिटर नजिक आइ सकेको छ |
0 comments:
Post a Comment