
तरुनीहरुलाई कसले लैजाला ? सामान्यतया तरुनीहरुलाई लाने त तरुण ( केटाहरुले) हो कुनै कुनै बेला बुढाहरुले पनि लान्छन | बेपत्ता पर्नु भनेको ले तपाइले सोच्नु होला अपहरण | अपहरण गर्ने अनि पैसा माग्ने गर्छ भने सोच्नु भएको छ होला | तपाइको अनुमान गलत भयो | अपहरणमा परेको कोहि पनि व्यक्तिको कुनै सुचना प्राप्त हुन्न |
क्यानाडा को दुर्गम गाउ हुदै जाने एक हाइ वेको रहस्य कसैले अहिले सम्म पत्ता लगाउन सकेको छैन | यस हाइ वे मा भर्खरै अर्थात् मे २८ २०११ मा Madison Scott नामकी २० बर्षे केटि यो बाटो बाट हराएकी थिइन | पार्टीमा गएर आउदै गर्दा उनि हराएको थिइन | उनको गाडी र पाल भने पुलिसले भेट्टायो तर उनको आज सम्म पत्तो छैन | उनका आमा बुवाले यो काण्डको बारेमा जानकारी दिने लाइ 1,00,000 डलर दिन्छु भनेका छन् तर आज सम्म यो घटनाको छेउ टुप्पो को भेउ पाउन सकिएको छैन |
गत ३० वर्ष यता यो हाइ वे मा ३० बन्द बढी तरुनी हरु हराइ सकेका छन् | मानिसहरु अब यस्तो बिश्वाश गर्न थालेका छन् कि यो हाइ वे मा सिरियल किलर छ जसले तरुनीको शिकार गर्दछ | ( नेपाल तिर भए भुत प्रेत तथा अलौकिक सक्ति छ भन्ने बिश्वाश गरिन्थ्यो |)
यहाँ हराउने हरु प्राय अरु संग लिफ्ट मागेर जानेहरु छन् | यसरि लिफ्ट मागेर जाने भएकोले गर्दा लिफ्ट दिनेले नै उनीहरु लाइ अपरहण गरेर मरेको हुन सक्ने शंका पनि गरिएको छ |
अहिले मारिएका मध्ये २-३ जना बाहेक अरुको लास पनि भेट्न सकिएको छैन |

अहिले सम्म राम्रो संग अनुसन्धान नगरिएकोले गर्दा यो घटनाको रहस्यको बारेमा थाहा हुन नसकेको हो भन्दै स्थानीय बासिले लिफ्ट नमाग्नको लागि यस्तो पोस्टर टाँसेका छन |

0 comments:
Post a Comment