शहंशाहे गजल को निधन

By
Advertisement

गजलमा गरेको योगदानका कारण 'शहंशाहे गजल'को उपाधि दिइएका पाकिस्तानी गजल गायक मेहदी हसनको आज कराचीको अस्पतालमा निधन भएको छ। लामो समयदेखि उनी बिरामी थिए। पाकिस्तानी सञ्चार माध्यमहरुले हसनका छोरा आरिफ हसनलाई उद्‌धृत गर्दै उनका पिता १२ वर्षदेखि बिरामी भएको उल्लेख गरेका छन्।

आघा खान अस्पतालमा पाकिस्तानी समय अनुसार आज मध्याह्न उनको निधन भएको हो।

मेहदी हसनको जन्म सन् १९२७ मा हाल भारतमा रहेको राजस्थानको लूना गाउँमा भएको थियो। भारत विभाजित भएपछि उनी पाकिस्तान गएका थिए।

उनलाई नेपाल सरकारले सन् १९८३ मा गोर्खा दक्षिण बाहुले विभुषित गरेको थियो।
source:Nagarik

0 comments:

Post a Comment