जात जाति बिचको मेलमिलापलाइ रमाइलो पाराले प्रस्तुत गरि बानिएको फिल्म "तँ त साह्रै सप्रिस नी बद्रि" लाइ युनिभर्सल सर्टिफिकेट नदिए आगामी चलचित्र सामाजिक कथा बोकेको होइन निलो चलचित्र ( porn Movies) बनाउने धम्कि दिएका छन् निर्माता तथा नायक जयकिशन बस्नेतले |
सोमबार बिहान बानेश्वर स्थित रोजमेरी क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलन मा उनले यस्तो बताएका हुन् | २९ असारमा रिलिज हुने भएको यो चलचित्रको दृश्य काटियो भने कुनै अर्थ नलाग्ने बताउदै उनि भन्छन "यदि मेरो सिनेमालाई चलचित्र विकास वोर्डले युनिभर्सल सर्टिफिकेट दिदैंन भने अबका दिनमा ‘म सामाजिक कथा बोकेको सिनेमा होइन ब्लु फिल्म बनाउँछु ।"
नायक जय किशनका साथै रेजिना उप्रेती ,शुशिल क्षेत्री ,सुनील थापा लगायतको अभिनय रहेको उक्त चलचित्र प्रचारकै लागि पनि यो भनि बाहिर आएको हुनसक्ने धेरै को ठम्याई छ | सिनेमा चलाउन बिबादमा आएर भने पनि प्रचार प्रसार गर्न मन पराउने बस्नेत दाजुभाई को बनि रहेको मेरो सिनेमा बताउछ |
स्मरण रहोस, नेपाली चलचित्र छाडा बन्न थालेपछि यो छाडा सिनेमालाई रोक्नु पर्छ भन्ने आवाज उठिरहेको छ | केहि समय अगाडी छाडा सिनेमा बनाएको भन्दै A T M कारबाही मा परेको थियो |
Image: Mero Cinema
0 comments:
Post a Comment