Six legs cow with farmer Andreas, Switzerland . |
हुन त नेपाली हरुको लागि यस्ता कुराहरु कुनै नौलो नहोलान किन भने प्राय: नेपालीहरुले देखेकै हुन्छन तिन खुट्टे, पाँच खुट्टे जनावरहरु । हिजो आज एउटा ठुलो समाचारको बिषयको भएको छ अन्तरास्ट्रिय मिडिया को लागि ।
बाच्छो जन्मन नसके पछी किसानले भेटनरी डाक्टरलाइ बोलाएका थिए । बाच्छो जन्मदा डाक्टर अनि किसान दुवै छक्क परेका थिए । बाच्छोको शरीरमा नर्मल भन्दा २ वटा खुट्टा बढी थिए त्यो पनि ढाडमा । "प्राय: यस्ता अचम्मका जनावर जन्मदै मर्ने गर्दछन वा मरेकै जन्मन्छन तर ७ साता सम्म पनि यो स्वस्थ छ, पक्कै पनि धेरै समय बाच्नेछ " बाच्छो पाल्ने किसान Andreas Knutti भन्दछन ।
यसले पछि अरुले जस्तो दुध उत्पादन नगर्ने भए पनि Andreas ले यसलाई गुमाउन चाहन्नन् तर चिडिया घरमा भने राख्न सक्नेछन ।
0 comments:
Post a Comment