-- उपेन श्रेष्ठ ~ उज्जल
ओढे जति सबै वादल, गगन हुन्छ भन्ने छैन
भेटे जति सबै मान्छे, सत्जन हुन्छ भन्ने छैन
मक्ख नपरे नि हुन्छ, हे धर्तीका मुना-हरु !
जन्मे जति सबै मान्छे, मदन हुन्छ भन्ने छैन
सुमधुर-सुमधुर, वतास पनि कस्तो-कस्तो !
फाले जति सबै गन्ध, पवन हुन्छ भन्ने छैन
कुनै गीतले हत्या गर्छ, संगीतले बचाउँछ
गाए जति सबै गीत, भजन हुन्छ भन्ने छैन
यही बनमा वीष फुले, यही बनमा श्रीखण्ड
देखे जति सबै बनमा, चन्दन हुन्छ भन्ने छैन
मुटु पनि कहिले-कहीँ, अपवादमा फसिदिन्छ
पुजिएका सबै ढुङ्गा, धड्कन हुन्छ भन्ने छैन
जन्मे पछि घेरिँदो छ, चारैतिर बन्धनले
सँधै-सँधै आफ्नै वशमा, जीवन हुन्छ भन्ने छैन
fb.com/hamronepaligazal
0 comments:
Post a Comment