
अहिले सम्म प्राप्त समाचार अनुसार एस एल सी को नतिजा प्रकाशन भए पछी आजै २ जनाले आत्महत्या गरि सकेका छन् ।
आत्महत्या गर्नेहरुमा रुकुम सदरमुकाम खलंगा ५ पिपलनेटाकी १६ वर्षीया सुमित्रा केसी र चितवन कपरखोरी गाउँका १६ वर्षिय अनिश अमगाई रहेको सेतोपाटिको समाचारमा उल्लेख छ ।
सुमित्र केसीले फेल भएको समाचार सुन्ने बित्तिकै घरको कोठामा कपडाको पासो लगाई आत्महत्या गरेकी हुन् भने अनिशले पनि कोठा भित्र नै आत्महत्या गरेका हुन् ।
यस्तै अनुतिर्ण भएको समाचार सुनेपछि जनकपुरकी एक छात्राले पनि आत्महत्याको प्रयास गरेकी छिन ।
महोत्तरी जिल्लाको पिगौना घर भई हाल जनकपुर १० बस्दै आएकी वशिष्ठ पाण्डेकी १८ वर्षीय छोरी रुपा पाण्डेले घर नजिकैको पानी टंकीबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
अहिले रुपाको जनकपुर अंचल अस्पतालमा उपचार भईराखेको छ । करिब २५ फिट माथिको उचाइबाट हाम फालेकी रुमाको खुटा र डाढमा गहिरो चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यस्तै एक व्यक्तिले आफुले सोचेको जस्तो नम्बर नआएको भन्दै पास हुदा हुदै पनि आत्महत्या गरेको अपुष्ट खबर पन्मी हामीलाई प्राप्त भएको छ ।
0 comments:
Post a Comment