जन्मदिन मनाउन पारस नेपालमा

By
Advertisement
तिन महिना अघि हृदयघातबाट अचेतभइ थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराउनु भएका पूर्वयुवराज पारस शाह नेपाल र्फकने हुनुभएको छ ।

पूर्वयुवराज पारस शाह आफ्नो ४३ औं जन्मदिन मनाउन नेपाल फर्किन लाग्नु भएको हो । जन्मदिन मनाउन नेपाल आउने भएपनि कति समय नेपाल रहने भन्ने बारे थाहा नभएको पारिवारिक स्रोत बताउछ ।


गत फागुन ८ गते अचेत भएर थाइल्यान्डको अस्पताल भर्ना हुनु भएका पूर्वयुवराज पारस शाहको अचेतको ११ दिन पछि होस खुलेको थियो । उहाको करिब १ महिना उपचार गरिएको थियो ।

समितिभेज अस्पतालमा उपचार पश्चात उहालाई थाइल्यान्डबाट करिब ६ सय किमि टाढा च्याङमाङ सुधार केन्द्रमा लगिएको थियो ।
 सुधार केन्द्रमा जाने क्रममा आफन्तसँग भेट गर्दा उहाले आफु नेपालमा बसेर समाजसेवा गर्ने इच्छा व्यक्त गर्नु भएको थियो ।

Link: Nepal's ex-prince Paras shah is coming Nepal to Celebrate his 43 birthday.

0 comments:

Post a Comment