
सोमबार प्रति तोला ४८ हजार ६ सय ९७ रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार भने १६ सयले बढेको छ ।
नेपाल सुन चाँदी ब्यबसायी महासंघका अनुसार मंगलबार १६ सय ३ रुपयाले बढेर सुनको मूल्य प्रति तोला ५० हजार ३ सय पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि सुनको मूल्य बढेको महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको`मूल्य १० डलरले बढेर प्रति औँस १३ सय ९४ डलर पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि मंगलबार बढेको छ । मंगलबार चांदीको मूल्य रु ३५ ले बढेर तोलामा ८ सय ६५ रुपैयामा पुगेको छ ।
Link:Gold price reaches 50,300 per tola
0 comments:
Post a Comment