अलिकति घट्यो सुनको भाउ

By
Advertisement
मंगलबार एक्कासी १ हजार ६ सय ३ रुपैयाले बढेर ५० हजार ३ सय प्रति तोला भएको सुनको मूल्य बुधबार अलिकति घटेको छ ।

नेपाल नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रति तोला ५० हजार १ सय ५५ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको गिरावट आएपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको हो ।

तर अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य मा निक्कै गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १३ सय ७६ डलरमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन भन्दा १८ डलर कम हो ।

बुधबार चाँदीको मुल्य मंगलबार कै अर्थात् तोलाको ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

0 comments:

Post a Comment