जन्मने बित्तिकै ट्वाइलेटमा फालिएको बच्चाको जिवितै उद्दार ( फोटो र भिडियो सहित )

By
Advertisement
जन्मने बित्तिकै ट्वाइलेटको पाइपबाट  एक नवजात शिशुलाइ जीवितै उद्दार गरिएको छ । जन्मने बित्तिकै बच्चालाई ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा पाइपमा छिरेको रहेछ ।


उक्त बच्चालाइ पाइपबाट जिउदै उद्दार गरिएको समाचार प्रकाशमा आएको छ ।

 पाइपको साइज भन्दा ठुलो भएकोले पाइपको जोर्नीमा गएपछि बच्चा अड्किएको रहेछ ।

जोर्नीमा बच्चा अड्कियो तर पानि सबै तल झर्यो र बच्चाले सास फेर्न सकेछ ।

चीनको सरकारी संचार माध्यमले जनाए अनुसार बच्चा कमोट भन्दा केहि तल मात्र रहेको थियो ।

शनिबार भएको यो घटना चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा घटेको हो ।

घरमा बसेका एक जनाले ट्वाइलेट मुनि बच्चा रोएको आवाज सुनेर प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात आएको उद्दारकर्ताको टोलीले निक्कै होसियारी पुर्बक पाइपलाइ फुटाएर नजिकैको अस्पताल पुर्याएका थिए र अस्पतालमा पाइप चिरेर बच्चा निकालिएको थियो ।



४ इन्च गोलाई भएको पाइपमा अड्किएको उक्त बालकको अनुहार तथा शरिर भरि फोहोर नै फोहोर थियो ।

उक्त बच्चा कसले त्यसरी फालेको हो भन्ने थाहा नभएकोले प्रहरीले बच्चा फाल्ने आमाको खोजि गरिरहेको बताएको छ ।

यो घटनाको केहि तस्बिरहरु सार्बजनिक भएपछि सामाजिक संजालमा धेरैले यस घटनाको बारेमा टिप्पणी गरेका छन् । कहिले यो घटना हुनुको पछाडी चीनको एक मात्र बच्चाको नियमको कारण बताइरहेका छन् ।









Link : China-new-born-baby-found-inside-toilet-pipe

0 comments:

Post a Comment