
केहि समय अघि मात्र एउटी आइमाई ( आमा त के भन्नु र खै यस्तो कर्तुत गर्नेलाइ)ले आफु प्रेमी संग बिहे गर्नको लागि आफ्नै ११ महिनाको बच्चालाइ अनकन्टार जंगलमा छाडेर आफु प्रेमीसंग रात बिताउन गएकी थिइन् ।
यो घटनाको चर्चा सेलाउन नपाउदै फेरी अर्को यस्तै घटना बाहिर आएको छ ।
जनकपुरको कपालमोचनी पोखरीको दक्षिणपश्चिम कुनामा ७ जना नवजात शिशुको शब फेला परेको छ ।
प्लास्टिकको डब्बामा फ्याँकिएका आधा दर्जनभन्दा बढी नवजात शिशुको शव प्रहरीले भेट्टाएको छ । ती नवजात शिशुलाइ प्लास्टिकका जारमा कोचेर बिर्को लगाएर फालिएको भेटिएको छ ।
कसले र किन यसरि फाल्यो भन्ने थाहा नभएकोले प्रहरीले अनुसन्धान सुरु गरेको छ । आफ्नो कुकृत्य लुकाउनको लागि जारमा रसायन हाली नवजात शिशुलाइ यसरि जारमा प्याक गरि फालेको हुनसक्ने प्रहरी निरीक्षक दीपेन्द्र पजियारले बताउनु भयो |
Baby-killed
0 comments:
Post a Comment