भिनाजुबाट बलात्कृत ११ बर्षीय बालिकाले जन्माइन बच्चा

By
Advertisement
झापामा ११ बर्षीय बालिकाले बच्चा जन्माएकी छिन । ती बालिकाले बलात्कार पछि गर्भ बोकेकी थिइन् ।

११ बर्षिय बालिकालाइ बलात्कार गर्ने अरु कोहि नभएर उनकै भिनाजु हुन् ।
नातामा भिनाजु पर्ने ४० बर्ष पुगेका सुरेन्द्र बिश्वकर्माले बलात्कार गरि गर्भ रहेको ७ महिना पछि मात्र घटनाको बारेमा परिवारलाई थाहा भएको थियो ।


केहि दिन अघि देखि एबिसी नेपालको संरक्षणमा बिराटनगरमा रहदै आएकी बालिकाले कोशी अंचल अस्पतालमा गर्भ बोकेको सात महिनामै बच्चा जन्माएकी हुन् ।

मंगलबार राति व्यथा लागेपछि उनलाई उपचारको लागि कोशी अंचल अस्पताल लागिएको थियो ।

सानै उमेरमा बच्चा जन्माएकी भए पनि ती ११ वषीय किशोरीको स्वास्थ्य अबस्था भने सामान्य नै रहेको अस्पतालले जानेको छ । जन्मिएको बच्चाको भने आइसीयुमा राखेर उपचार भैरहेको अस्पताल स्रोत बताउछ ।

११ बर्षमै आमा बनेकी यी बालिका कक्षा ३ मा पढ्दै थिइन् ।

Link: 11-years-chilldren-gives-birth-a-baby

0 comments:

Post a Comment