
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो |
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रबार प्रतिऔंस २८ डलरले बढेर १३ सय ९८ पुगेको छ ।
तर डलरको भाउ घट्दै गएकोले नेपाली बजारमा थोरै मात्र वृद्धि भएको छ |
आज डलरको विनिमय दर २५ पैसा घटेर ८६ रुपैयाँ ६० पैसा कायम भएको छ ।
बुधबार र बिहिबार ४९ हजार ५ सय रुपैया प्रति तोलामा कारोबार भएको सुन रु ५०० बढेर आज सुक्रबार प्रतितोला ५० हजार प्रति तोला भएको छ |
सुनको भाउ बढे पनि चादीको भाउमा भने घटबढ भएको छैन | चादीको मूल्य भने आज पनि ८ सय ९० प्रति तोला रहेको छ |
Link : Rising-Gold-Price
0 comments:
Post a Comment