रेग्मीलाई तत्काल राजिनामा गर्न आग्रह, इतिहासमै कालो दिन

By
Advertisement
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गरिएकोमा नेपाल बार एशोशियसनले दुख प्रकट गरेको छ |

 बारको बिहिबार बसेको आकस्मिक बैठकले आजको दिनलाई न्यायिक इतिहासमा कालो दिनको रुपमा सधै सम्झने निर्णय गरेको छ |

बार एशोशियसनले पदबाट तत्काल राजिनामा गर्न रेग्मीसंग माग गरेको छ | रेग्मीले न्यायिक निर्णय र प्रकृयलाई नपर्खीकन असंवैधानिक ढंगले चुनावी सरकारको नेतृत्व गरेको भन्दै रेग्मीबाट संविधानको संरक्षण हुन नसक्ने ठहर बारको छ |

बारले दलहरुको असंवैधानिक निर्णय स्वीकार गरेको भन्दै राष्ट्रपति डा. रामवरण यादवप्रति पनि दुख व्यक्त गरेको छ | प्रधानन्यायाधीशको नेतृत्वबारे असहमति जनाउँदै शुक्रबार बैठक बसी आन्दोलनको नया कार्यक्रमको घोषणा गर्ने बताएको छ |

हेर्नुहोस बारको विज्ञप्ति

0 comments:

Post a Comment