आगलागीमा १५ लाखको क्षति

By
Advertisement

सप्तरी, २४ पुस । सप्तरीको सकरपुरा गाविसमा गएराति भएको आगलागीमा १५ लाख रुपैयाँभन्दा बढी क्षति भएको छ ।

सकरपुरा गाविस ६ निवासी लक्षण खङ्गको धान कुट्ने मिलबाट भएको आगलागीले मिल र सोही ठाउँका भोला खङ्गको एउटा काठको स–मिल जलेर नष्ट भएको छ ।

राति १० बजेतिर विद्युत् प्रवाहमा गडबढी भएर आगलागी भएको बताइएको छ । अत्यधिक जाडोका कारण सबै घरमा सुतेको बखत आगलागी हुँदा नजिकै रहेको दुबै मिलका घर तथा सम्पूर्ण उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस

0 comments:

Post a Comment