स्वस्थ रहने अचुक उपाय

By
Advertisement

१)राति चाँडै सुत्ने ९-१० बजेसम्म र बिहान सबेरै उठ्ने ४-५ सम्ममा । अंग्रेजीमा पनि भनिन्छ Early to Bed and Eary to rise makes a man Healthy, wealthy and wise.
२)नियमित शौच गर्नुहोस् । तर, शौच गर्दा बलजफ्ती गर्नु हुँदैन । ताकि लामो-लामो सास लिने ।

३)दैनिक दाँत सफा गर्नुहोस् र दैनिक नुहाउनुहोस्, कहिलेकाहीँ तोरीको तेलको मालिस जसरी हुन्छ ।


४)बिहान सबेरै शुद्ध वायुको लागि खुल्ला चौरमा डुलनुहोस्, योगासन या अन्य व्यायामको लागि सामर्थअनुसार अवश्य समय निकाल्ने ।


५)भोजनमा नियमितता हुनुपर्नेछ । भोजन हलका स्वास्थ्यबर्द्धक र नियमित समयमा हुनुपर्नेछ । दिउँसोको भोजनपछि केहीबेर १०-१५ मिनेट आराम र बेलुकाको भोजनपछि केही समय टहल्नु जरुरी छ । खाना खाँदा पानी कम खाने र खाना खाने बित्तिकै पिसाब गर्नु स्वास्थ्यको लागि हितकर हुनेछ ।

६)हप्तामा एक दिन अवश्य व्रत राख्नुहोस्, फलफूल खाए हुन्छ ।

७)आइसक्रिम, रक्सी र तमाखुजस्ता नसिलो पदार्थको सेवन नगर्ने ।

८)मनमा ऋणात्मक विचार आउन नदिने ।

९)लगाइको पनि स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । छाती, पाखुरा, तिघ्रा छोपेर कपडा लगाउने । विशेष गरेर स्त्रीहरूमा आजकल, नाइटो, छाती, पाखुरा देखाउने चलन छ । त्यस्तो गर्दा यौन व्याधिले पिरोल्ने हुन्छ ।

१०)हासौँ र हसाऔँ समयमा सुतौ, समयमा उठौँ, हरबखत खुशी रहौँ, कामदेखि नडराउने र कामको साथसाथै आराम पनि गरौँ ।

१२)खुसी रहनलाई प्रेम आवश्यक छ । तर, बढी लगाव र लालसा नराख्ने ।

१३)हात, पाउ र मयल निकाल्ने ठाउँलाई सदैव सफा राख्ने ।

१४)हाच्छु आउँदा मुख खुल्ला नराख्ने र खाना खाँदा नबोल्ने ।

१५)हामी सबै एकै परमपिताका सन्तान हौँ । अतयव, यो जानेर बुझेर कसैको अशुभ चिन्तन नगर्नु र कसैलाई हामी दुःख नपुर्‍याउनू ।

१६)जीवनमा सुख, दु:ख त सदैव, सबैलाई आइनै रहन्छन्, त्यसैले हरहालतमा प्रसन्न रहने प्रयत्न गर्ने ।

१७)मनको शान्तिको लागि प्रतिदिन प्रातः र साँझ, ध्यान पर््रार्थना एवं धार्मिक ग्रन्थको स्वाध्याय अवश्य गर्ने ।

--> Source:jyotish

0 comments:

Post a Comment