बियर संगै लेदो खाइएला नि ...

By
Advertisement

गोर्खा ब्रुअरीले उत्पादन गर्ने कार्ल्सवर्ग बियरमा लेदो फेला परेको छ |

काभ्रे महादेवस्थान ४ सिउडिननीटारमा रहेको आर एण्ड एस होटल तथा लज रिसोर्टमा बिक्रि गर्नको लागि राखिएको उक्त बोतलमा लेदो भेटिएको थियो |

होटलमा आएका ग्राहकले खानको लागि बोतल खोल्दा लेदो भेटेपछि होटल संचालकले बनेपा स्थित विएस मार्केटिङ बनेपाका म्यानेजर सुशिल राजवंशीलाई खवर गर्दा यो खबर बाहिर नल्याउनु भन्दै प्रतिबोतल १ हजार दिन्छु भनेको समाचार मा उल्लेख छ |


उक्त बोतलमा २०१३ डिसेम्वर १५ सम्म प्रयोग गर्न उपयुक्त भनेर लेखिएको छ | उपभोक्ताको स्वास्थ्य माथिको गम्भीर खेलबाड गरेको भन्दै होटलमा आएका व्यक्तिहरुले सरकारले दोषीलाई कारबाही गर्नु पर्ने बताए |

0 comments:

Post a Comment