अशोज १५ गते पतिको कारणले गर्दा इनारमा बच्चा लाइ खसालेर आफु पनि हामफाली आत्महत्याको प्रयास गरेको र बच्चा मरेको र आमालाइ भने स्थानीय ले बचाएको भनेर कान्तिपुरले लेखेको छ भने ..
नागरिकले भने खेल्दै गर्दा बच्चा इनारमा खसेपछि बचाउन इनारमा आमा हामफालेको भनेर लेखेको छ | अब भन्नुस कुन चाही सहि ?? कुन पत्रिकाको कुरा हामीले बिश्वास गर्ने त ?

घटनाको सत्य तथ्य नै नबुझी यसरि समाचार प्रकाशन गर्दा कतिपय अबस्थामा मिडियाले माफी समेत माग्नु परेको घटना पनि हामीले सुनेकै छौं |
स्मरण रहोस : कान्तिपुर नागरिक जस्ता ठुला मिडियाहरुको समाचारलाइ आधार मानेर दिनहु कयौ ब्लग तथा समाचार मुलक साइटहरुले समाचार लेख्ने गरेका छन् |
यो त केवल एक नमुना मात्र हो | नेपालमा समाचार सम्प्रेषणमा मिडिया जिम्मेवार नहुदा र घटनाको यथार्थ जानकारी नलीइ छिटो समाचार सम्प्रेषण गर्ने गर्दा यस्तो घटना बारम्बार दोहोरिरहेका छन्
कान्तिपुर को समाचार पढ्न यहाँ क्लिक गर्नुहोस
नागरिक को समाचार पढ्न यहाँ क्लिक गर्नुहोस
तस्बिर फेसबुकबाट लिइएको हो

0 comments:
Post a Comment