ह्वाइट हाउसको कम्प्युटरमा साइबर हमला

By
Advertisement
आफुलाई संसारकै सर्व शक्तिमान राष्ट्र ठान्ने अमेरिकाको अतिसुरक्षित मानिने ह्वाइट हाउसको कम्प्युटर सिस्टममा पनि अघिल्लो महिना साइबर मफियाहरुले आक्रमण गरेका छन् ।

यद्यपी आक्रमणमा कुनै पनि प्रकारको क्षती भने नभएको बताइएको छ ।


एक महिना अगाडी हमला भएको भएपनि यस सम्बन्धि रिपोर्ट भने १ दिन अगाडी मात्रै प्रकाशित भएको थियो । यस हमलामा कसको हात छ भन्ने पुष्टि भने हुन सकेको छैन ।

ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले सोमबार बताएका छन् कि व्हाइट हाउसमा एक प्रकारको अवर्गीकृत नेटवर्कद्वारा साइबर हमला भएको छ ।'

उनले अगाडी भनेका छन् 'यस्ता हमलाहरु समय समयमा भैरहन्छन तर व्हाइट हाउस यस्ता समस्याहरुसंग पूर्ण रुपमा लड्नमा सक्षम छ ।'

0 comments:

Post a Comment