मुखमा रुमाल कोचेर बालिकाको बलात्कार (विवरण सहित)

By
Advertisement

राजधानी काठमाडौँमै बेलुकीपख एक बालिकाको बलात्कार भएको छ |

 आइतबार बेलुका साथीको घरमा पढेर फर्कदै गर्दा मनमैजुका तिलक राईले उनलाई बलात्कार गरेका हुन् |

१९ बर्षीय राइले रसुवाकी १५ बर्षीय बालिका(अधिकारी थर भएकी तर नाम नखुलाइएको) लाई अपहरणको शैलीमा गेस्ट हाउस लगेर बलात्कार गरेका थिए |

बेलुका करिब ८ बजे तिर साथीको कोठामा पढेर खान खाएर बालाजु बाइपासमा आफ्नो दिदीको मा फर्कदै गर्दा राइ र एक अपरिचित युवकलाई उनले बाटोमा भेटेकी थिइन |

बाटोमा अपरिचित देखेर डराउदै छिट्टो हिड्दै गर्दा राइले मोटरसाइकल कुदाउदै अधिकारीको हात समाएको बालिकाले प्रहरीलाई दिएको बयानमा भनिएको छ |

बयान अनुसार राइले हात समाए पछि उनि कराएकी भए पनि सुनसान ठाउ भएकोले कोहि पनि सहयोग गर्न आएका थिएनन |

एक छिन पछि एक जना अपरिचित मान्छे आएको र उक्त व्यक्तिले रति एकलाई हिड्नु हुन्न तिमीलाई हामी कोठामा पुर्याई दिन्छौं भन्दै बाइकमा राखेर लागेका थिए |

अध्यारो भएकोले पुर्याई दिन्छु भनेपछि बिश्वाश लगेर उनि त्यो बाइकमा चढेकी थिइन | बाइक चढेको करिब ५ मिनेटमा बालाजुको दीपावली गेस्टहाउस रोकेर "एक छिन यहाँ काम छ तिमि पनि संगै हिड, यहाका पाले पनि खराब छन् " भनेर उनलाई गेस्टहाउसको ६०२ नम्बरको कोठामा लगेका थिए |

‘कोठामा लानेबित्तिकै दुवै हात बलियोसँग समाती जबर्जस्ती कपडा खोल्यो । म चिच्याउन थालेँ । उसले रुमाल झिक्यो । डल्लो पारी मुखमा कोच्यो, त्यसपछि त म बोल्नै सकिनँ ।’ अधिकारीले भनिन | यसभन्दा अघि उनले राइलाई कहिल्यै नचिनेको बताइन |

एक पटक बलात्कार गरेर पुन: बलात्कार गर्न खोज्दा उनि भाग्न सफल भएकी थिइन | उनि रुदै गेस्टहाउसबाट बाहिरिएको देखेर एक अपरिचितले प्रहरीलाई खबर गरेपछि राइलाई गेस्ट हाउस बाटै पक्राउ गरिएको थियो |

घटनाको बारेमा प्रहरी वृत्त महाराजगन्जका डिएसपी जीवन श्रेष्ठले अनुसन्धान जारि रहेको बताउदै बालिका बलात्कार गर्ने राईलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान गरिने बताए |

तस्बिर : गूगल

0 comments:

Post a Comment