मोबाइल किन्नको लागि आमाले बेचिन आफ्नै बच्चा

By
Advertisement

मोबाइल किन्नको लागि पैसा नभए पछि एक आमाले आफ्नै बच्चा बेचेकी छिन |

मिडियाहरुको अनुसार भारतको ओडिशा स्थित जजरपुरमा बस्ने एक आमाले १७ महिनाको आफ्नो बच्चा बेची एक मोबाइल,मोबाइलको लागि मेमोरि कार्ड, एउटा जिन्स, तथा टपहरु पनि किनेकी थिइन |


उनले उक्त बच्चा ५ हजारमा बेचेको खुल्न आएको प्रहरीले जनाएको छ | मिडियाले घटना प्रकाशमा ल्याएपछि प्रहरीले बेचिएको बच्चालाइ मंगलबार उद्दार गरि उनलाइ दिदा समेत उनले लिन अस्विकार गरेको थिइन |

उनले सबैको सामु आफ्नो बच्चा फिर्ता लिन नमानेपछि प्रहरीले बच्चालाइ बाल कल्याण कमेटीलाइ सुम्पेको छ |

२० बर्षीय राखीले आफुले जेलमा रहेको आफ्नो पतिलाई छुटाउन बच्चा बेचेको भनि सुरुमा बयान दिए पनि पछि बेचेर आएको पाँच हजारले ती सामानहरु खरिब गरेकी स्वीकार गरेकी थिइन | उनले बच्चा बाबुला बेहेरालाइ सेप्टेम्बर १७ मा बेचेकी थिइन |

0 comments:

Post a Comment