
दशैँको लागि भनेर खुला गरिएको अग्रिम टिकट बुकिङमा टिकट नपाएपछि यात्रुहरु अलमलमा परेका छन् |
बुकिङ सुरु भएको एक साता नबित्दै टिकट सकिएको भने पछि बिहान ४ बजे देखि टिकटको लागि लाइन बसेका यात्रुहरु रित्तै हात फर्केका थिए |
"बुकिङ खुल्ला गरिएको एक सातामै टिकट सकियो भन्नु कालोबजारीको हो" यात्रुहरुको गुनासो छ |
यस अघि पनि बुकिङ सुरु भएकै दिन टिकट सकियो भन्दै फर्काइए पछि सरकारी अनुगमनकर्ता पुगेपछि टिकट पुन: सुचारु गरिएको थियो |
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले असोज १० गते देखि राजधानीको नयाँ बसपार्कसहित कोटेश्वर, गौशाला, सातदोबाटो, कलंकीलगायत स्थानमा रहेका काउन्टरमा अग्रिम टिकट बुकिङको लागि व्यवस्था गरेको थियो |
महासंघले यात्रुको चाप बढेपछि २० गते देखि गाडी थप गर्नु पर्ने भएकोले टिकट बुकिङ बन्द गरेको हुन सक्ने बताउदै अन्य विकल्पहरु पर्योग गरेर भए पनि दशैँको लागि घर जान चाहने यात्रुलाई गताब्यमा पुर्याउने व्यवस्था गरिने बताएको छ |

0 comments:
Post a Comment